काठमाण्डाै : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गर्नुभएको छ । उहाँले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गर्नुभएको हो ।
उहाँलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन् । उनीहरूले घिसिङको पहिलो कार्यकाल निकै सफल भएको भन्दै दोस्रो कार्यकाल पनि सफल बनाउन आफूहरूको पूर्ण सहयोग हुने बताएका छन् ।
कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उँचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताउनुभएको छ । उहाँले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताउनुभएको छ ।