दाङ : दाङको तुलसीपुरमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिस्नेधारा निवासी ४८ वर्षिय कर्ण बहादुर मल्लको अरिंगालको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शनिबार बेलुका ५ बजेतिर आफ्नै बारीमा घाँस काट्ने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा उहाँ गम्भिर घाईते हुनु भएको थियो । घाइते मल्ललाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके लैजादै गर्दा शनिबार राती १२ बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।