धादिङ — गल्छी-४ कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्छी-४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् । ठेगाना नखुलेको समीक्षा अधिकारीको उपचारकालागि काठमाडौं लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा अन्य १२ यात्रु घाइते भएका छन्। गल्छी-६ बाजगाउँस्थित कच्ची सडकमा बा १८ च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो। जिप तरकारी र तरकारी बेच्ने किसानहरु बोकेर गल्छी बजार आउँदै थियो।
घुमाउरो साँघुरो मोडबाट जिप ५० मिटर तल खसेको छ। जिप चालक सुजन रम्तेल फरार रहेको जिल्ला ट्राफिक इन्चार्ज हेमराज घिमिरेलेबताए। फरार चालकको खोजी भइरहेको र घाइतेको स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकी र सख्त रहेका ५ जना घाइतेलाई थप उपचारार्थ काठमाडौं पठाइएको गल्छीस्थित प्रहरी चौकीका सइ जनक बस्नेतले बताए। from .kantipurdaily