घोराही २ असार । घोराही उपमहानगरपालिकाले सिकलसेल एनिमिया रोगको प्रारम्भिक परिक्षण गर्ने भएको छ । यही असार ११, १५ र १६ गते घोराहीका तीन स्थानमा सिकलसेल एनिमिया रोगको प्रारम्भिक परिक्षण गर्ने उपमहानगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्य शाखाले आज पालिका स्तरिय जनप्रतिनिधीहरु र पत्रकारहरु सहभागि अभिमुखिकरण गराई रोगको बारेमा जानकारी गराएको थियो ।
जिल्लाका तीन स्थान रामपुर, नारायणपुर र सौडियारमा स्वास्थ्य जाँच गर्ने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । विश्षगरी थारु समुदायका व्यक्तिहरुमा सिकलसेल एनिमियाको समस्या देखिएपनि अन्य जातिमा पनि देखिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
तीन दिनमा करिब एक हजार व्यक्तिहरुको प्रारम्भिक जाँच गर्ने र आबस्यक परामर्श तथा रिफर गर्ने गरी तयारी भएको डा. प्रभात रिजालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले सिकलसेल एनिमिया रोगका बिषयमा सचेतना र उपचारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, प्रबक्ता भरत अर्याल, स्वास्थ्य शाखाका ठाकुर खनाल, जनस्वास्थ्य कार्यालयका देविलाल डाँगी लगाएतले कुनै पनि रोगको निदानका लागि सरकार जिम्मेवार रहेको भन्दै स्वास्थ्य प्रति सचेत बन्न समेत सबैलाई आग्रह गर्नुभएको छ । यता, दाङमा १ सय बढि सिकलसेल एनिमियाका विरामिहरुको उपचार भइरहेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३४ जना विरामिले नियमित औषधि सेवन गरीरहेका छन। ।