आज दिउँसो सिरहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। लहानको मालपोत कार्यालयनजिक करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीप घिमिरेले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ । भने अन्य पाँच जना सामान्य छन्। घटनाबारे विस्तृत जानकारी लिन एसपी नेतृत्वको टोली घटनास्थल पुगेको छ । बम कसले किन बिस्फोट गराएको हो भन्ने खुलिसकेको छैन। र घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।