रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको विभागले बताएको छ। ३ सय ब्रोइलर कुखुरा, ३३१ लेयर्स कुखुरा, ७० वटा लोकल कुखुरा, ८८३ अण्डा र २५१ किलो दाना साथै २ सय वटा अण्डाको क्रेट नष्ट गरी रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिएको विभागले जनाएको छ।