दाङ
-सामाजिक संञ्जाल टिकटकले दाङको एक सडकलाई भाईरल बनाएको छ । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो।
टिकटकका कारण भाईरल भएको सडकको अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन्। घोराही-१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही-११, झुम्केटाडी निकै भाइरल भइरहेको छ। त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोगकर्ताहरू आउने गरेका छन्।

सामाजिक सञ्जाल टिकटकमा भिडियोदेखि पछि सडक हेर्नका लागि जिल्लाका विभिन्न स्थानबाट स्थानिय युवायुवतीहरुको भिड लाग्ने गरेको छ ।
सो ठाउँमा अन्य दिनभन्दा विदाको दिन निकै भीडभाड हुनेगरेको छ । यसैविच सडकमा टिकटक बनाउनेहरुको भिड बढेसंगै उक्त क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढेको छ । धेरै भीडभाड र सवारी साधनको चाप पनि बढी हुँदो भएका कारण दुर्घटनाको जोखिम बढेको हो ।
स्थानीय डिल्ली बहादुर वलीका अनुसार करिब एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल बढ्दै गइरहेको छ। कालो पत्रे भएको सडक र सर्प घुमेको जस्तै देखिने भएको हुँदा टिकटक बनाउनेहरुको भिड बढेको बताउनु भयो ।
यस सडक निर्माण सम्पन्न भएको करिब ३ महिना जति भएको उहाँले बताउनु भयो । उक्त सडकमा टिकटक भिडियो बनाउने फोटोहरू खिच्नेहरू मात्र खुशी भएका छैन्। त्यो चहल पहल देख्दा स्थानीयहरू पनि खुशी भएका छन्। सडकले गर्दा आफूहरूको ठाउँमा यस्तो चहलपहल भएको भन्दै स्थानीयहरु हर्षित भएका छन्