ताप्लेजुङको दोभान बजारमा आज विहान देखि लागेको आगोले चालीस बढी घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले जानकारी दिनु भयो ।
आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताउनु भयो । उहाँका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।
आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।