काठमाडौं: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम फेर्ने तयारी गर्नुभएको छ ।
निर्वाचन कानूनअनुसार दर्ता भइसकेको दलसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भएपछि नेकपा एमाले समाजवादी नामलाई परिवर्तन गर्ने तयारी गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नेपाल समूहमा पार्टीको नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम तय गरेको महन्थ ठाकुर समूहले पनि लोकतान्त्रिक जनता पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टीमध्ये एक राख्ने तयारी गरेको छ ।