नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहको संसदीय दलको बैठक बस्दैछ । बैठक संसद सचिवालयमा आज दिउँसो १ बजे बोलाएको हो । संसदीय दलको बैठकमा प्रचण्ड-नेपाल समूहले ओली समूहका सांसदहरूलाई पनि एसएमएस गरेर बैठकमा सहभागी हुन बोलाएको बताईएको छ ।
बहुमत पुर्याउनका लागि प्रचण्ड-नेपाल र केपी शर्मा ओली समूहबीच सांसद तानातानको स्थित छ । केही दिनअघि देखि सांसद किन्नका लागि चलखेल भएको खबर पनि सार्वजनिक भएको थियो । आजको बैठकदेखि को सांसद कुन समूह छन् भन्ने कित्ता क्लियर हुनेछ ।
त्यस्तै ओली समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । यो समूहले पनि दाहाल-नेपाल निकटका सांसदलाई एसएमइसबाट बैठकमा बोलाएको छ । ओली समूहले हामीलाई पनि म्यासेजबाट भोलिको बैठककव लागि बोलाएका छन् ।