विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभि भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।
डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ।
यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो।
अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौं देशहरूले यसअघि नै आपतकालीन प्रयोग निम्ति चिनियाँ खोप लगाउन अनुमति दिएका थिए।
यसैक्रममा शुक्रबार डब्ल्यूएचओले पनि चिनियाँ खोपलाई सुरक्षा, प्रभावकारिता गुणवत्ता मान्यता दिएको हो।