अमेरिका प्रहरीले नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती लाई पक्राउ गरेको छ । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ।
गत सोमबार तीन युवतीले चालक खड्कालाई दुर्ववहार गरेको भिडियो भाइरल भएको थियो। खडकाले ती युवतीलाई मास्क लगाउन आग्रह गरेपछि ती युवतीहरूले दुर्व्यवहार गरेका थिए। उनले मार्च ८ का दिन अमेरिकाको सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट ती तीन यात्रुलाई गाडीमा चढाएका थिए। उनले ती मध्येकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला गरेकी थिईन् । त्यी युवतीले खड्काको मोबाइल समेत खोसेकी थिइन्।
यात्रुले मास्क नलगाएपछि सुभाकरले विनम्रतापूर्वक मास्क लगाएका कारण आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए। भिडियोमा ती युवतीहरूले उनलाई गाली गर्ने, उनको अगाडि मास्क हल्लाउने, उनलाई कुटपिट गर्नेदेखि उनको फोन चोर्ने प्रयास गरेकी थिईन।
यो घटनापछि सुभाकर सहयोगका लागि गो फण्ड मी पेज सुरु गरिएको छ। हालसम्म ६४ हजार २ सय ८ डलर जम्मा भएको छ। सुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन्।