दाङ:दाङको बंगलाचुली गाउँपालिकाले व्यवसायिक कुखुरापलन तर्फ आकर्षित गर्न वडाका कृषकहरुलाई कुखुरा वितरण गरेको छ । गाउँपालिकाले प्रतिपरिवार ५ वटाका दरले ५८ घरपरिवारलाई २ सय ७० वटा कुखुरा वितरण गरेको हो ।

गाउँपालिकाले वडा नंम्वर ७ को विर्खे,ढावमा १४ परिवार ,हल्दे,र बगरखुटीमा १६ वरिवार ,वडा नम्बर ५ र ८ को झिगाँ,जरे र रोकिनिडाँडामा २४ परिवारलाई कुखुरा वितरण गरेको छ । त्यसैगरी वडा नम्वर २ को नमुना वस्तिमाका ४ परिवारलाई कुखुरा वितरण गरीएको छ ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार न्यु हेम्पसायर र अस्ट्रोलर जातको कुखुरा वितरण गरेको पशुसेवा शाखाका प्रमुख माधव भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार वडा कार्यालयबाट छनौटभई आएका आर्थिक तथा सामाजिक सुचाङ्क कमभएका कृषकहरुलाई कुखुरा वितरण गरिएको हो ।
एक परिवाराई दुईवटा कुखुराको भाले र तिनवटा पोँथि वितरण गरिएको पशुसेवा शाखाका प्रमुख माधव भट्टराई जानकारी दिनु भयो ।