दाङ्ग : महिलाहरुको हरितालिका तिज नजिकिएसँगै तिजका गीत सार्वजनिक हुने क्रम दिन प्रति बढेको छ । यसैबीच यहि साउन ८ गतेदाङ्गकी गायिका पर्बत घर्ती मगर र गायक खुमन स्वर रहेको नयाँ गीत ‘आउन एउटा टिकटक बनाउनलाई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
खुमन अधिकारी र पर्वता घर्ती को स्वर भरेका छन् गीतको शब्द मन्जित पहाडी रहेको छ र संगीत राज कुमार बानियाको रहेको छ ।त्यस्तैगरी म्यूजिक एरेन्ज,तिलक ओलीले गरेका हुन् भने खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो।
यस गीतको भिडियोलाई निशान बानिया निर्देशन गरेका हुन् । कोरियोग्राफी अमर सुनार र सिने कोरियोग्राफी दीपक गिरी रहको गरका छन् नबिन घर्ति मगरले भिडियोलाई सम्पादन र कलर गरेका हुन् । लोमश शर्मा , शुष्मा घर्ती , अर्जुन कुवार फित्रिबुढो र आराध्य डि सी ले अभिनय गरेका छन् । यो गीत पानस फिल्म्स अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।