काठमाडौँ : अहिले दाङ सहित देशभर भारी वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी गतिविधि मंगलबार थप सक्रिय भएको छ।
भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको मौसमविदले जाकनारी दिएका छन्।
यो मौसमी प्रणालीका कारण मंगलबार दिउँसो र राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ।
यस्तै लुम्बिनी,गण्डकी प्रदेश, र बागमती प्रदेशको केही क्षेत्रमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेष गरि लुम्बिनी प्रदेश ,गण्डकी प्रदेश, र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
यी क्षेत्रहरुमा बढी सावधानी अपनाउन आग्रह
बाढी पूर्वानुमान शाखाले आज कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलधारका केही साना र सहायक नदीमा क्षणिक वा मध्यम बर्षा भई बहाव केही बढ्ने भएकोले सर्तकता अपनाउन भनिएको छ ।
यस्तै कन्काई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने कमला, बागमती लगायतमा बहाव बढ्ने पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका स साना नदी जलधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधार लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौ, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा जलसतह बढी बाढीको पूर्वानुमान गरिएको छ ।
यस्तै कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, सुदूरपश्चिम प्रदेशको कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला र आसपास भई बग्ने साना नदी तथा जलधारमा बाढी आउने सम्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ ।