- साैगात आचार्य
जब अफ्ठेरो आउँछ तब सेल्फी !
भुकम्प आयो एउट चाइचाउको पोकासङ सेल्फी
नाकाबन्दी भयो एकबोतल पेट्रोलसङ सेल्फी
देखेकै हो हामिले
एउटा केरासङ सेल्फी
एउट बिस्कुटको प्याकेटसङ सेल्फी
अहिले फेरि नयाँ लहर आएछ
अक्सिजनसङ सेल्फि
कति भ्रममा बाच्नसक्छ मान्छे
अक्सिजनको फोटो खिच्दैछ
कति हावामा छ मान्छे
हावाको पनि कहिँ फोटो हुन्छ र ?
सरकार फर्मान गर्दैछ
सक्नेने दाउरासङ सेल्फी खिच
फेरि फर्मान आउला
कात्रोसङ सेल्फी खिच
के तिमी अब कात्रोसङ पनि सेल्फीनै खिच्ने हौ ?
यो अप्ठेरो बेला हो
सक्छौं सबैजना एकैठाउमा बस
र, एउटा बिधि बसाल
अनि जनताको पहुँच सजिलो होला
सक्दौनौ त जे गरिराखेकाछौ गर
तर यादगर
यस्तै तालहो भने
एकदिन
तिम्रो लास, तिम्रो कात्रो
अनि तिमिलाइ जनाउने दाउराको पनि
सेल्फी खिच्नु पर्ने हुन सक्छ
जनता तिम्रा सेल्फी हेरिहेरी वाक्क भएकाछन
त्यतिबेला तिमिले सेल्फी खिच्ने
अपलोड गर्ने
र हेर्ने कोहि पाउने छैनौ
तिमी मरिरहेका हुनेछौ
सेल्फी त के तिमी एक्लो हुनेछौ
फगत एक्लो !