दाङ: दाङको बंगलाचुलीमा डाेजर पल्टिँदा चालकको मृत्यु भएको हाे ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ बंगलाचुली लेकमा बाटाे खन्ने क्रममा डाेजर पल्टिँदा चालकको मृत्यु भएकाे हाे ।
घाेराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी वर्ष २२ का सुनिल विककाे मृत्युु भएको छ ।
भने सहचालक सामन्य घाईते भएका छन् ।सहचालक गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर गाउँनम्बर १५ निवासी वर्ष २३ का राजकुमार चाैधरी घाईते हुनुभएको छ । उहाँको अवस्था समान्य रहेको छ ।
रा १ क ९१४ नम्बरको डाेजर विहान सवा चार बजेतिर पल्टेको हाे ।
यसैबीच बंगलाचुली गाउंपालिकाले दाङ जिल्लामा क्रियाशील पत्रकारहरु संग आयाेजना गरेकाे वार्षिक समिक्षा तथा मिडिया सम्मेलन कार्यक्रम स्थगित गरिएको छ ।
कार्यक्रम स्थल बंगलाचुली लेक सम्म जाने बाटाे बनाउंदै गरेको डोजर दुर्घटनाका मृतक प्रति हार्दिक श्रद्धाञ्जली एवं शाेकाकुल परिवारजनमा गहिरो समवेदना प्रर्कट गर्दै मिडिया सम्मेलन तथा समिक्षा कार्यक्रम समेत अर्को सूचना नभएसम्म स्थगित गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयाे ।